काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले सरकारका क्रियाकलाप र निर्णयहरू जनहित विपरीत रहेको टिप्पणी गरेका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन्।
उनले सरकारको नीति तथा कार्यक्रम, बजेट र अन्य निर्णयहरू मजदुर किसानका विरूद्ध रहेको टिप्पणी गरे।











