Wednesday, October 14, 2026
Netra Khabar
  • गृहपुष्ठ
  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वाता
  • प्रविधि
  • मनोरञ्जन
  • विचार
  • रोचक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
No Result
View All Result
  • गृहपुष्ठ
  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वाता
  • प्रविधि
  • मनोरञ्जन
  • विचार
  • रोचक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
No Result
View All Result
Netra Khabar
Home अर्थ

यी कारणले नेपाल ‘ग्रे लिस्ट’मा, अब कस्तो असर पर्ला ?

1 year ago
Reading Time: 1min read
0
यी कारणले नेपाल ‘ग्रे लिस्ट’मा, अब कस्तो असर पर्ला ?
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल दोस्रो पटक सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी सम्बन्धी ‘ग्रे लिस्ट’मा परेको छ । फ्रान्सको पेरिसमा सम्पन्न फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) को प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई उच्च जोखिमयुक्त सूचीमा राखेको छ । एफएटीएफकी अध्यक्ष एलिसा डे आन्दा माद्राजोले यो निर्णय सार्वजनिक गरेकी हुन् ।

नेपालले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानुन निर्माणमा प्रगति गरेपनि संरचनागत र व्यवहारिक सुधारमा कमजोरी देखिएको कारण यो सूचीमा राखिएको हो । अनुसन्धान तथा अभियोजन प्रक्रियामा नेपालको कमजोरी पनि यस निर्णयको प्रमुख कारण बनेको छ ।

नेपालको दोस्रो पटक ‘ग्रे लिस्ट’ प्रवेश
नेपाल यसअघि सन् २००८ मा ग्रे लिस्टमा परेको थियो र सन् २०१४ मा सूचीबाट बाहिरिएको थियो । तर, सन् २०२३ मा एफएटीएफले नेपाललाई सुधारका लागि एक वर्षको निगरानी अवधि दिएको थियो । ४० वटा सुधारका क्षेत्र औंल्याइए पनि नेपालले उल्लेख्य सुधार गर्न नसकेपछि अन्तत: पुन: ग्रे लिस्टमा परेको हो ।

एफएटीएफले नेपाललाई सुधार गर्नुपर्ने मुख्य बुँदाहरूमा गैर-वित्तीय क्षेत्र नियमनको अभाव, आतंककारी गतिविधिमा वित्तीय लगानी ट्र्याक गर्न असक्षमता, सम्पत्ति शुद्धीकरण मामिलामा अनुसन्धान तथा जाँच बुझको कमजोरी, कानूनी सुधार कार्यान्वयनमा ढिलाइ लगायत रहेका छन् ।

नेपाललाई पर्ने असर
नेपाल ‘ग्रे लिस्ट’मा परेपछि देशको वित्तीय प्रणालीमा गम्भीर असर पर्ने जानकारहरू बताउँछन् । अन्तर्राष्ट्रिय बैंकिङ प्रणालीमा नेपालको साख कमजोर हुने, विदेशी लगानी र सहायता घट्ने, वैदेशिक व्यापार जटिल बन्ने, रेमिट्यान्स प्रणाली प्रभावित हुने र समग्र आर्थिक स्थायित्व खस्कने जोखिम छ ।

सरकारको प्रतिक्रिया
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेपाल निर्धारित समयभन्दा अगावै ‘ग्रे लिस्ट’बाट बाहिरिने दाबी गरेका छन् । उनका अनुसार, एफएटीएफको बैठकले नेपाललाई सुधारका लागि ‘एक्सन प्लान’ स्वीकृत गरिसकेको छ र नेपालले ती सुधारहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नेछ ।

सरकारले आवश्यक सुधार गरेर नेपाललाई छिट्टै ग्रे लिस्टबाट बाहिर निकाल्ने प्रतिबद्धता व्यक्त गरेपनि प्रभावकारी सुधारबिना वित्तीय क्षेत्र अझै जोखिममा रहने विज्ञहरू बताउँछन् ।

Post Views: 114

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

रिता खनाल केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित, सहमहामन्त्रीमा उम्मेदवारी दिने

रिता खनाल केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित, सहमहामन्त्रीमा उम्मेदवारी दिने

October 2, 2026
पूर्वमन्त्री मोहनबहादुर बस्नेत क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन

पूर्वमन्त्री मोहनबहादुर बस्नेत क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन

October 1, 2026
बैतडीका १८ वर्षीय बलबीर महरा बालकोटबाट बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

बैतडीका १८ वर्षीय बलबीर महरा बालकोटबाट बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

September 14, 2026
मंसिरमा १५ औँ महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव

मंसिरमा १५ औँ महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव

September 2, 2026
भोटेकोशी बाढीमा भत्किए ७५७० घर

भोटेकोशी बाढीमा भत्किए ७५७० घर

September 2, 2026
शेरबहादुर देउवा १२ः४५ मा अवतरण हुँदै

शेरबहादुर देउवा १२ः४५ मा अवतरण हुँदै

August 13, 2026
  • गृहपुष्ठ
  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वाता
  • प्रविधि
  • मनोरञ्जन
  • विचार
  • रोचक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
Call us: 9841689298

© 2025 Netra Khabar

No Result
View All Result
  • गृहपुष्ठ
  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वाता
  • प्रविधि
  • मनोरञ्जन
  • विचार
  • रोचक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद

© 2025 Netra Khabar