गाउँको एउटा कच्ची गोरेटोबाट यात्रा सुरु गरेँ, आज म प्रदेशमा छु – भविष्य खोज्न, परिवार पाल्न, र आफ्नो सपना साकार पार्न ।
शरीर त यहाँ छ,
तर मन त अझै डिलाशैनी गाउँपालिका वडा नम्बर ६ कै पाखाहरूमा छ – जहाँ बिहानको खलंगामा गाईको आवाज आउँछ,
र साँझ चिया संगै छिमेकीको कुरा मिसिन्छ ।
तर त्यो सादगी, त्यो माया — आजको शहरी प्रदेशको भागदौडमा हराएको छ।
हामी नेपालीहरू र प्रदेशको पीडा
यहाँ प्रदेशमा हजारौं नेपाली दाजुभाइ–बहिनीहरू छन् ।
कसैले होटलमा, कसैले रोडमा, कसैले गारोमा खाडल खन्दै, पसिना बगाउँदै
तर एउटै सपना बोकेर हामीले गाउँ फर्केर केही गर्ने छौ ।
कहिलेकाहीँ बिहान उठ्नै मन लाग्दैन
आमाको सम्झनाले आँखाभरि आँसु आउँछ।
बुवाले फोनमा भन्नुहुन्छ “सबै ठीक छ बाबु, पैसा छैन तर काम गरिरहेको छु ।
.गाउँका साथीहरू एक–एक गर्दै विदेश पसिरहेका छन् र गाउँ खाली हुँदैछ — सपना लिएर सहरतिर ।
गाउँको सपना, प्रदेशको पीडा
यहाँ म मोबाइल समातेर नक्सा हेर्छु —
गाउँमा कुन ठाउँमा खानेपानीको पाइप पु¥याउन सकिन्छ होला?
साथीसँग बसेर योजना बनाउँछु —
गाउँमा रोजगार सृजना कसरी गर्ने?
युवाहरू विदेश जानुपर्ने बाध्यता कसरी घटाउने?
कहिलेकाहीँ त लाग्छ —
प्रदेशमा आएर बाँचिराख्नु एउटा बलिदान हो।
तर म यो बलिदानलाई अवसरमा बदल्न चाहन्छु।
मेरो संकल्प, मेरो सपना
म प्रदेशमै छु आमा,
तर गाउँ म कहिल्यै बिर्सिन ।
म फर्किन्छु – काम गर्न, साथ दिन, नेतृत्व गर्न।
ताकि भोलिका आशिष्हरूले प्रदेश जान नपरोस्।
गाउँमै रोजगारी होस्, गाउँमै विकास होस्।
म गाउँकै छोरा हुँ। गाउँ नै मेरो शक्ति हो।
म गाउँ फर्कन्छु, हातमा विकासको योजना लिएर।
फर्किन्छु, नेतृत्वको संकल्प लिएर।
अन्तिम सन्देश
यदि तपाईं पनि प्रदेशमा हुनुहुन्छ भने थाहा छ –
यो सजिलो छैन, तर हामी परिवर्तनको जरा बनिरहेछौं।
जुन दिन हामी गाउँ फर्कन्छौं,
त्यो दिन गाउँ फेरिनेछ।
“धुलोबाट सुरु भएको सपना” — आशिष मालको कथा
बैतडी, डिलाशैनी गाउँपालिका वडा नम्बर ६
पर्वतले घेरेको, हरियालीले सजिएको, तर सम्भावनाको उज्यालो अझै टाढा लागेको एउटा ठाउँ । त्यहीँ जन्मिए – आशिष माल
बाल्यकाल : कापीभन्दा खन्ती नजिक थियो जीवन
आमाले बिहान गाई दुहुने बेला मलाई चियाचामल दिनुहुन्थ्यो,
बुबा बारी खन्न जानुहुन्थ्यो – मलाई स्कुल पठाउन।
तर मेरो किताब जस्तै पुरानो थियो स्कुलको चप्पर।
तैपनि सपना थियो – “एक दिन म गाउँको भविष्य बदल्नेछु।”
संघर्ष : शिक्षा, बेरोजगारी र प्रदेशको बाटो
एसएलसी पछि गाउँमा काम पाइँदैनथ्यो।
घरमा पैसाको अभाव, साथीहरू कोरिया र दुबई लागे।
तर म प्रदेशमै बसें – पखेटा फिजाउन।
टोल घुमेँ, नेताहरूको झूठ सुनें, अनि आफैं सोचेँ –
“भोलिका आशिष्हरूले पनि यही दुःख भोग्नुपर्ने हो?”
परिवर्तनको संकल्प ः अब म फर्किन्छु नेता भएर, सिप लिएर
मैले महसुस गरेँ —
गुनासो गरेर होइन, जिम्मेवारी लिएर समाज बदलिन्छ।
त्यसैले वडाको नेतृत्वमा उभिएँ –
वडा अध्यक्ष बन्ने सपना साथ लिएर,
तर कुर्सीको लागि होइन – गाउँको लागि।
आजको आशिष् : अध्यक्ष मात्र होइन, आशा पनि हुने छ
म वडा अध्यक्ष बन्ने छु ।
तर म त्यो मान्छे होइन जसले कुर्सीमा बसी शासन गर्छ।
म त्यो मान्छे हुँ जसले आफ्ना जनताको आँखामा सपना देख्छ।
गाउँको प्रत्येक बालक स्कुल जाओस्,
किसानलाई सिंचाइ, बाटो र बजार होस्,
बेरोजगार युवाले विदेश नजाने विकल्प पाओस्।
गाउँलाई दिने छु वाचा
“म प्रदेशको धुलो खाएर आएको आउदै छु
अब गाउँलाई बत्ती र बाटो दिनु छ ।”
“म बाल्यकालको दुःख बिर्सिन चाहन्न,
बरु त्यो दुःख दोहोरिन नदिन संघर्ष गर्छु।”
अन्त्य होइन, सुरूवात हो यो
आशिष् मालको जिन्दगी अझै बाँकी छ।
तर कथा सुरु भइसकेको छ —
धुलोबाट उठेर सपना बन्ने मान्छेको कथा ।
लेखक : आशिष माल
डिलाशैनी गाउँपालिका वडा नम्बर ६ बैतडी
हाल रोजगारीको शिलशिलामा युरोप











