Friday, October 16, 2026
Netra Khabar
  • गृहपुष्ठ
  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वाता
  • प्रविधि
  • मनोरञ्जन
  • विचार
  • रोचक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
No Result
View All Result
  • गृहपुष्ठ
  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वाता
  • प्रविधि
  • मनोरञ्जन
  • विचार
  • रोचक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
No Result
View All Result
Netra Khabar
Home राजनीति

लिफ्ट जडानमा अनियमितता : काठमाडौंका मेयर बालेनविरुद्ध उजुरी

1 year ago
Reading Time: 1min read
0
लिफ्ट जडानमा अनियमितता : काठमाडौंका मेयर बालेनविरुद्ध उजुरी
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौं महानगरपालिकामा लिफ्ट जडान प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै मेयर बालेन्द्र साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

बिना प्रतिस्पर्धा, बिनाटेण्डर र बिनाकोटेसन करिब एक करोड रुपैयाँ बराबरको लिफ्ट जडान गरिएको दाबी गर्दै युवराज सफलले बिहीबार टंगालस्थित अख्तियार कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।

‘काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले केही महिनाअघि महानगरमा बिना प्रतिस्पर्धा, बिना टेण्डर र बिना कोटेसन करिब एक करोड रुपैयाँ मूल्य बराबरको लिफ्ट जडान गरेका छन्,’ सफलले दर्ता गराएको उजुरीमा उल्लेख छ, ‘विशेषतः उक्त लिफ्ट मेयर साहकै प्रयोगका लागि जडान गरिएको महानगरपालिका स्रोतले जनाएको छ ।’

सार्वजनिक निकायको ढुकुटीबाट खर्च गरेर गरिएको लिफ्ट जडान प्रक्रियामा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत कार्य भएको भन्दै त्यसमा संलग्न सबै पक्षमाथि छानबिनको माग गरिएको छ ।

सफलले दर्ता गराएको उजुरीमा महानगरपालिकाको स्रोतलाई उद्धृत गर्दै लिफ्ट खरिदको प्रक्रिया गोप्य रूपमा गरिएको र पारदर्शिताको पूर्ण अभाव रहेको आरोप समेत लगाइएको छ ।

हालसम्म यस विषयमा मेयर साह वा काठमाडौं महानगरपालिकाले औपचारिक प्रतिक्रिया दिएका छैनन् । अख्तियारले उजुरी दर्ता भई प्रारम्भिक अध्ययन भइरहेको जनाएको छ ।

Post Views: 23

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

रिता खनाल केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित, सहमहामन्त्रीमा उम्मेदवारी दिने

रिता खनाल केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित, सहमहामन्त्रीमा उम्मेदवारी दिने

October 2, 2026
पूर्वमन्त्री मोहनबहादुर बस्नेत क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन

पूर्वमन्त्री मोहनबहादुर बस्नेत क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन

October 1, 2026
बैतडीका १८ वर्षीय बलबीर महरा बालकोटबाट बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

बैतडीका १८ वर्षीय बलबीर महरा बालकोटबाट बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

September 14, 2026
मंसिरमा १५ औँ महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव

मंसिरमा १५ औँ महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव

September 2, 2026
भोटेकोशी बाढीमा भत्किए ७५७० घर

भोटेकोशी बाढीमा भत्किए ७५७० घर

September 2, 2026
शेरबहादुर देउवा १२ः४५ मा अवतरण हुँदै

शेरबहादुर देउवा १२ः४५ मा अवतरण हुँदै

August 13, 2026
  • गृहपुष्ठ
  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वाता
  • प्रविधि
  • मनोरञ्जन
  • विचार
  • रोचक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
Call us: 9841689298

© 2025 Netra Khabar

No Result
View All Result
  • गृहपुष्ठ
  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वाता
  • प्रविधि
  • मनोरञ्जन
  • विचार
  • रोचक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद

© 2025 Netra Khabar