Friday, October 16, 2026
Netra Khabar
  • गृहपुष्ठ
  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वाता
  • प्रविधि
  • मनोरञ्जन
  • विचार
  • रोचक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
No Result
View All Result
  • गृहपुष्ठ
  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वाता
  • प्रविधि
  • मनोरञ्जन
  • विचार
  • रोचक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
No Result
View All Result
Netra Khabar
Home अन्तर्वाता

मलाई गुण्डा नाइकेको परिभाषा नै थाहा छैन, यो सुन्दा दु:ख लाग्छ : गणेश लामा

1 year ago
Reading Time: 1min read
0
मलाई गुण्डा नाइकेको परिभाषा नै थाहा छैन, यो सुन्दा दु:ख लाग्छ : गणेश लामा
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित गणेश लामा चर्चामा छन् । ९९ उम्मेदवारमध्ये लामा १७८२ मतसहित खुलातर्फ ३५ जना केन्द्रीय सदस्यभित्र पर्न सफल भए ।

विगतमा ‘गुण्डा नाइके’ र ‘डन’को छवी भएका लामा विजय गच्छदारसँगै २०७४ को चुनावअघि पार्टी फोरम लोकतान्त्रिक समायोजन गरेर कांग्रेसमा आएका थिए । फोरममा केन्द्रीय सदस्य रहेका लामा पाँच वर्षपछि देशकै पुरानो पार्टीको निर्वाचित केन्द्रीय सदस्य बन्न सफल भएका छन् । उनै लामासँग न्युज कारखानाले समसामयिक कुराकानी गरेको छ :

कांग्रेस केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ, कस्तो अनुभूति भइरहेको छ ?
मलाई एकदमै गाैरव महसुस भइरहेको छ । कांग्रेसजस्तो पार्टीमा खुलामा आज मैले जुन खालको जित हासिल गर्न सफल भए, देशभरका तमाम साथीभाई, महाधिवेशन प्रतिनिधि साथीको साथ सहयोगप्रति म कृतज्ञ छु । यो गुनको एक-एक हिसाब म चुकाउनेछु ।

केन्द्रीय सदस्य निर्वाचित भइसकेपछि पार्टीको तपाईंको भूमिका कस्तो रहन्छ ?
१४औँ महाधिवेशनले पार्टीभित्र उर्जा भरेको छ । युवा साथी तरुण, नेविसंघबाट अध्यक्ष र पूर्वपदाधिकारीको उर्जावान उपस्थिति छ । यसले साँच्चिकै कांग्रेसलाई पुनर्जागरण गर्दै कांग्रेसलाई बलियो बनाउन अवश्य पनि मद्दत पुग्छ । झण्डै ६ दशक राजनीतिमा सक्रिय सभापति शेरबहादुर देउवा हुनुहुन्छ । उर्जावान महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, उपसभापति धनराज गुरुङजस्ता युवा साथी जितेर आउनुभएको छ । अब नेपाली कांग्रेस अब साँच्चिकै उर्जावान कांग्रेस बन्नेछ ।

तपाईंले केन्द्रीय सदस्यमा विजयी हुन्छु भनेर सोच्नुभएको थियो ?
पार्टीले बेलाबखत दिएको जिम्मेवारी र काम इमान्दारिताका निभाउँदै आएकोदेखि ७७ वटै जिल्लाका पार्टी साथीसँग सम्पर्कमा थिए । त्यसकारण मलाई जित्छु भन्ने विश्वास थियो ।

तत्कालीन फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारसँगै तपाईं कांग्रेसमा आउनुभयो । उहाँ उपसभापतिमा पराजित हुनुभयो, तर तपाई जित्नुभयो । गच्छदार हार्ने र तपाईं जित्ने परिस्थिति कसरी बन्यो ?
यो देशभरबाट आएका प्रतिनिधिले गरेको निर्णय हो । उहाँको हार अब प्राविधिक कारण भनौँ कि अरु कारण मलाई थाहा भएन । लोकतान्त्रिक पार्टीमा चुनावमा गइसकेपछि हारजित स्वीकार्नुपर्छ । हामी स्वीकार्न तयार छौं ।

तपाईं चुनावअघि कांग्रेस प्रवेश गरेको, वर्षोदेखि सक्रिय हार्दा तपाईंको जितलाई लिएर पनि प्रश्न उठिरहेको छ नि !
चुनावअघि हामी देशको चौथो दल थियौँ, फोरम लोकतान्त्रिक पार्टी । २०७४ को चुनावमा ध्रुवीकरण भयो । कम्युनिस्टको समीकरण बन्यो । लोकतान्त्रिक शक्ति भएको हुनाले हामीले कांग्रेससँग समायोजन भयौं । केही साथी कांग्रेसबाट चुनाव पनि लड्यौं । केही साथी जित्नुभयो, केही हार्नुभयो । हारजित स्वभाविक हो ।

तपाईं कांग्रेसको सक्रिय राजनीतिमा उदाउँदै गर्दा तपाईंमाथि ‘गुण्डा नाइके’को आरोप लाग्ने गरेको छ नि ! यसमा तपाईंको धारणा के हो ?
यो मलाई लामो समयदेखि लाग्दै आएको आरोप हो । म लामो समयदेखि निरन्तर राजनीतिमा लाग्दै आएको व्यक्ति हो । नेविसंघबाट सुरु गरेर एउटा लोकतान्त्रिक चौथो पार्टीको जिम्मेवार पदमा बसेको पनि लामो समय भयो । तपाईंले यो प्रश्न उठाइरहँदा मलाई गुण्डा नाइकेको परिभाषा नै थाहा छैन । अस्ति भर्खरै एक अन्तर्वार्ता (ऋषि धमलाको जनता जान्न चाहन्छन् कार्यक्रम) मा एकजना पूर्वमाननीयले बारको आन्दोलन र बारका वरिष्ठ अधिवक्ताको बारेमा अदालतमा गुण्डागर्दी गर्‍यो, दादागिरी गर्‍यो भनेर भने ।

त्यहाँबाट मलाई मनमा लाग्यो कि यो गुण्डा नाइके भन्ने शब्द जतिखेर जसलाई मन परेन भने प्रयोग गर्ने शब्द हो कि ? उहाँले वरिष्ठ अधिवक्ता शम्भु थापालगायत विभिन्न वकिलको नामै लिनुभयो । यसलाई के भन्नुहुन्छ तपाईं ? शम्भु थापा गुण्डा हो कि हैन ? गणेश लामा गुण्डा हो कि हैन ? तपाईंहरुले त्यसरी पहिचान गर्नुपर्‍यो ।

तर कांग्रेसको मतपरिणामलाई लिएर धेरैबाट गुण्डा नाइकेले जिते, प्राध्यापक-बौद्धिक व्यक्ति हारे भनेर टिप्पणी भइरहेको छ नि !
जसले जस्तो काम गर्‍यो, पार्टीभित्र उस्तै माया र समर्थन पाउने हो । मैले पार्टी जहाँ खटायो इमान्दारिताका साथ काम गरेको छु । यो र त्यो भन्ने होइन । मैले निर्वाह गरेको जिम्मेवारीको मूल्यांकन भएको छ । त्यहिँ मूल्यांकनको आज प्रतिफल पाए जस्तो लाग्छ ।

कांग्रेसमा अब तपाईं कसरी अगाडि बढ्नु हुन्छ ? तपाईंको भिजन के हो ?
अब सबै मतपरिणाम आइसकेपछि तमाम युवा साथीहरु बैठकमा बस्छौं । हामीले कांग्रेसलाई जुझारु, एउटा जनता, किसान, गरिबसँग मिल्न सक्ने, घुलमिल हुनसक्ने कांग्रेस बनाउन चाहन्छौं ।

प्रश्न के पनि आइरहेको छ भने गगन थापा र गणेश लामा एउटै टिममा कसरी काम गर्न सक्छन् ?
किन गर्न नसक्ने रु गणेश लामासँग त्यो भिजन र क्षमता छैन र ? गणेश लामा जनताको सेवाको लागि नै राजनीतिमा लागेको दुई दशक भयो होला ।

तपाईंको भिजन चाहिँ के हो ?
कांग्रेसलाई जनतामुखी, किसानमुखी, युवामुखी बनाउने, नेपाललाई कसरी अगाडि बढाउने भनेर गहन छलफल गरेर अगाडि बढ्ने हो । टिम बनाउछौं । छलफल गर्छौं । नेपाली कांग्रेस नेपालको पुरानो इतिहास भएको, हरेक परिवर्तनको सम्वाहक भएको पार्टी हो । नेपालमा अझै धेरै विकास गर्नुछ । राजनीतिक समस्याहरु हल गर्नुछ । त्यो कांग्रेस बाहेक अरुले गर्न सक्दैन । यसमा हामी बलियो उपस्थितिसहितको कांग्रेस बनाउनेछौं ।

अन्तिममा तपाईंलाई गुण्डा नाइके भन्नेलाई के भन्न चाहनुहुन्छ ?
यो प्रश्नको म सँग कुनै जवाफ छैन । मलाई गुण्डा नाइके भनेर चिनाउने मिडिया नै हुन् । तैले यो गल्ती गरिस् त्यसकारण यो नाम रह्यो भन्नुपर्‍यो नि । त्यतिकै मिडियाले पटक पटक भन्ने, मैले लामो समयदेखि सुनिरहेको, हेरिरहेको र देखिरहेको छु । यो सुन्दा दु:ख लाग्छ ।

Post Views: 96

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

रिता खनाल केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित, सहमहामन्त्रीमा उम्मेदवारी दिने

रिता खनाल केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित, सहमहामन्त्रीमा उम्मेदवारी दिने

October 2, 2026
पूर्वमन्त्री मोहनबहादुर बस्नेत क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन

पूर्वमन्त्री मोहनबहादुर बस्नेत क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन

October 1, 2026
बैतडीका १८ वर्षीय बलबीर महरा बालकोटबाट बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

बैतडीका १८ वर्षीय बलबीर महरा बालकोटबाट बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

September 14, 2026
मंसिरमा १५ औँ महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव

मंसिरमा १५ औँ महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव

September 2, 2026
भोटेकोशी बाढीमा भत्किए ७५७० घर

भोटेकोशी बाढीमा भत्किए ७५७० घर

September 2, 2026
शेरबहादुर देउवा १२ः४५ मा अवतरण हुँदै

शेरबहादुर देउवा १२ः४५ मा अवतरण हुँदै

August 13, 2026
  • गृहपुष्ठ
  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वाता
  • प्रविधि
  • मनोरञ्जन
  • विचार
  • रोचक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
Call us: 9841689298

© 2025 Netra Khabar

No Result
View All Result
  • गृहपुष्ठ
  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वाता
  • प्रविधि
  • मनोरञ्जन
  • विचार
  • रोचक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद

© 2025 Netra Khabar