Friday, October 16, 2026
Netra Khabar
  • गृहपुष्ठ
  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वाता
  • प्रविधि
  • मनोरञ्जन
  • विचार
  • रोचक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
No Result
View All Result
  • गृहपुष्ठ
  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वाता
  • प्रविधि
  • मनोरञ्जन
  • विचार
  • रोचक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
No Result
View All Result
Netra Khabar
Home स्वास्थ्य

किन कहिल्यै चुरोट नपिउनेलाई पनि हुन्छ फोक्सोको क्यान्सर ?

1 year ago
Reading Time: 1min read
0
किन कहिल्यै चुरोट नपिउनेलाई पनि हुन्छ फोक्सोको क्यान्सर ?
Share on FacebookShare on Twitter

बीबीसी । विज्ञका अनुसार फोक्सोको क्यान्सर हुनुको सबैभन्दा प्रमुख कारण भनेको धूमपान हो । फोक्सोको क्यान्सरसँग जुधिरहेका मध्ये ८० प्रतिशत बिरामीहरु चुरोट तथा तमाखु सेवन गर्नेहरु नै हुन्छन् । तर बाँकी २० प्रतिशत फोक्सो क्यान्सर रोगीहरु यस्ता हुन्छन् जसले धूमपान कहिल्यै पनि गरेका हुँदैनन् ।

त्यसैले चुरोट तथा तमाखुजस्ता धूमपान सेवन नगर्ने, कुनै उच्च प्रदूषणयुक्त ठाउँमा नबस्ने तथा कुनै खानीमा पनि काम नगर्ने मानिसहरुमा समेत फोक्सोको क्यान्सर हुने जोखिम रहन्छ । त्यसैले हामीले फोक्सोको क्यान्सर, यसको कारण तथा रोकथामका उपायहरुका बारेमा थाहा पाउनु आवश्यक हुन्छ ।

फोक्सोको कसरी काम गर्छ र क्यान्सरले यसमा कस्तो असर पुर्याउँछ ?
फोक्सो मानव शरीरको श्वासप्रश्वास प्रणालीको एक हिस्सा हो । यसले मानव शरीरमा फिल्टरको रुपमा काम गर्दछ । जब हामीले स्वास लिन्छौं, त्यसबेला हावासँगै नाइट्रोजन, कार्वनडाइअक्साइड तथा अक्सिजन लगायतका ग्याँस पनि नाक तथा मुखबाट भित्र छिर्दछन् । फोक्सोले तीमध्ये अक्सिजन ग्याँसलाई मात्रै छानेर लिन्छ र शरीरमा पुर्‍याउँछ, अनि बाँकी ग्यासलाई बाहिर फ्याँक्दछ ।

फोक्सोका कोशिकाहरुले निरन्तर काम गर्दछन् । जब पुराना कोशिकाहरु क्षतिग्रस्त हुन्छ, तब नयाँ कोशिकाहरु आफैं पुनर्स्थापित हुन्छन् । तर जब मानव शरीरले धूमपान लगायतका बाह्य केमिकलहरुको सामना गर्दछ, तब यसबाट फोक्सोका कोशिकाहरु नष्ट हुन्छन् ।

लामो समयसम्म धूमपान गर्दा वा धूमपान गर्नेहरुको बीचमा बस्दा फोक्सोका कोशिकाहरु नष्ट हुन्छन् । त्यसपछि नष्ट कोशिकाहरुलाई नयाँ स्वस्थ कोशिकाहरुले पुनर्स्थापित गर्ने प्रणाली प्रभावित हुन्छ । त्यसपछि ती कोशिकाहरुले नयाँ घातक कोशिकाहरु सिर्जना गर्न थाल्छन् जसले हाम्रो श्वासप्रश्वास गर्ने प्रक्रियालाई प्रभावित पार्दछन् ।

फोक्सोको क्यान्सरको कारण
सूर्ति तथा धूमपान : विश्वमा फोक्सोको क्यान्सरको सबैभन्दा ठूलो कारण सूर्ति सेवन तथा धूमपान नै हो । फोक्सोका क्यान्सर रोगीमध्ये ८० प्रतिशतको सूर्ति तथा धूमपानकै कारण भएको हुन्छ ।

वास्तवमा धूमपानका माध्यमबाट मानिसको फोक्सोमा हजारौं घातक रसायन प्रवेश गर्दछन् । त्यसमध्ये कैयन् रसायन क्यान्सरको कारक बन्दछन् । धूमपान मात्र होइन चपाउने सूर्तिले पनि फोक्सोको क्यान्सरको जोखिम बढाउँछ ।

त्यस बाहेक अप्रत्यक्ष धूमपान पनि फोक्सो क्यान्सरको कारक बन्नजान्छ । यदि तपाईं धूमपान गरिरहेको मानिसको नजिक हुनुहुन्छ भने त्यसले उडाउने धुवाँ तपाईंको स्वासप्रस्वास मार्फत् फोक्सोमा पुग्दछ र तपाईंलाई पनि फोक्सोको क्यान्सर हुने खतरा रहन्छ ।

बेलायतस्थित क्यान्सर अनुसन्धानका प्रमुख चिकित्सक चार्ल्स स्वेन्टोन भन्छन्-धूमपान नगर्नेहरुमा पनि फोक्सोको क्यान्सर हुने कुरा सानो कुरा होइन । मसँग आउनेमध्ये ५ देखि १० प्रतिशत यस्ता विरामी छन् जसले कहिल्यैपनि धूमपान गर्दैनन्, तर उनीहरुमा फोक्सोको क्यान्सर भएको छ ।

वायु प्रदूषण : विकाशोन्मुख देशहरुका सहरी क्षेत्रमा व्यापक मात्रामा वायु प्रदूषण छ । ट्राफिक जाम, उद्योगबाट निस्किने रासायनिक पदार्थ, फोहोर वस्तुहरु जलाउँदा निस्किने धुवाँ तथा अवशेषले फोक्सोका कोशिकाहरुलाई असर पुर्‍याउँछ र क्यान्सर हुने जोखिम बढाउँछ ।

रेडन एउटा रेडियोएक्टिभ ग्यास हो, जुन निर्माणस्थलहरुमा तथा विभिन्न खालको माटोमा पनि पाइन्छ । लामो समयसम्म त्यस्तो ग्यासयुक्त क्षेत्रमा बस्ने मानिसमा फोक्सोको क्यान्सरको जोखिम उच्च हुन्छ ।

पेशाको कारण उत्पन्न हुने खतरा
फोक्सोको क्यान्सर हुने एउटा प्रमुख कारण मानिसले काम गर्ने ठाउँ अर्थात् कार्यस्थलको वातावरण पनि हो । विभिन्न उद्योगमा काम गर्ने कामदारहरु फोक्सोको क्यान्सरबाट पीडित हुन सक्छन् । खानी तथा रसायन उत्पादन कारखानामा काम गर्ने मजदुर, रेष्टुरेन्ट तथा बारमा काम गर्ने मजदुर लागयतमा फोक्सोको क्यान्सरको आशंका धेरै हुन्छ ।

यसका अलावा फोक्सोको क्यान्सर हुनुमा वंशाणुगत कारण अर्थात् आनुवंशिकी पनि एउटा कारकको रुपमा रहेको हुन्छ । जेनेटिक्सकै कारण कतिपय धूमपान नगर्ने मानिसहरुमा समेत फोक्सोको क्यान्सर देखिने गरेको छ ।

फोक्सोको क्यान्सरका लक्षण
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा क्यान्सरका कारण हुने मृत्युमध्ये सबैभन्दा ठूलो कारण फोक्सोको क्यान्सर नै हो । महिला र पुरुष दुबैमा हुने मृत्युको सबैभन्दा ठूलो कारण फोक्सो क्यान्सरलाई नै मानिन्छ । फोक्सोको क्यान्सरका विभिन्न लक्षण हुन्छन्, जसले फोक्सोमा हुने समस्याहरुतर्फ संकेत गर्दछ;

– निरन्तर खोकी लागिरहनु
– छाति दुखिरहनु
– स्वास बढ्नु, स्वास फेर्न गाह्रो हुनु
– रगत पातलो हुनु
– थकान महसुस हुनु
– विना कुनै कारण वजन घट्नु
– पटक पटक फोक्सोमा संक्रमण हुनु

सुरुवाती लक्षणहरु सामान्य हुन सक्छन् वा तत्काल फोक्सोमा कुनै समस्या नभएको जस्तो पनि लाग्न सक्छ । यसले गर्दा समयमै उपचार गर्नमा ढिलाई हुन सक्छ ।

फोक्सोको क्यान्सरबाट बँच्ने सम्भावना कति ?
डाक्टरका अनुसार फोक्सो मानव शरीरको महत्वपूर्ण अंग हो । यस अंगको प्रमुख समस्या के छ भने जबसम्म फोक्सो निकै धेरै क्षतिग्रस्त हुँदैन, तबसम्म यसमा कुनै लक्षण नै नदेखिन सक्दछ । त्यसैले जब कुनै व्यक्तिलाई लक्षणको पत्ता लाग्दासम्म फोक्सोको क्यान्सर अन्तिम अवस्थामा पुगिसकेको हुन सक्छ ।

तथापि फोक्सोको क्यान्सर पत्ता लाग्ने बेलाका १५ देखि २० प्रतिशत मामिला यस्ता हुन्छन् कि त्यसको उपचार गर्न सकिन्छ। सुरुवाती अवस्थाको ट्युमरको उपचार गर्न सकिन्छ । तर ट्युमर अन्तिम अवस्थामा पुगिसकेको क्यान्सरको चाहीँ उपचार सम्भव हुँदैन ।

लेन्सेन्ट जर्नलमा प्रकाशित शोध अनुसार सन् २०२० सम्म फोक्सोको क्यान्सर विश्वमा दोश्रो सबैभन्दा ठूलो घातक रोगको रुपमा थियो । त्यसबेला विश्वमा बर्सेनि २२ लाख भन्दा धेरै फोक्सोको क्यान्सरका नयाँ रोगीहरु फेला गर्दथे ।

यो भनेको कूल क्यान्सर रोगीको ११.६ प्रतिशत थियो । तर फोक्सोको क्यान्सरबाट मर्नेको संख्या चाहिँ १७ लाख ९६हजार थियो । जुन सबैखालका क्यान्सरबाट हुने कूल मृत्युको १८ प्रतिशत थियो।

विज्ञका अनुसार वायु प्रदूषण, कोशिकाहरुमा परिवर्तन जस्ता कारणहरुले गर्दा धूमपान नगर्ने मानिसहरुमा पनि फोक्सोको क्यान्सर हुने गरेको छ । विभिन्न अध्ययन अुनसार दक्षिण एसियामा फोक्सो क्यान्सरबाट पीडित मानिसहरुमध्ये धेरै मानिस यस्ता छन्, जसले धूमपान गर्दैनन् ।

सुरक्षात्मक उपाय
विश्व स्वास्थ्य संगठन तथा डाक्टरहरु के कुरामा एकमत छन् भने फोक्सोको क्यान्सरको खतरालाई टाढा राख्नका लागि हामीले धूमपान र सूर्ति सेवनबाट टाढै रहनुपर्छ ।

अमेरिकाको रोग नियन्त्रण विभागका अनुसार फोक्सोको क्यान्सर हुने जोखिमलाई कम गर्नका लागि विभिन्न उपाय अपनाउनु पर्दछ, जस्तै धूमपान नगर्ने, धूमपान हुने स्थान तथा व्यक्तिबाट टाढै रहने, वायु प्रदूषणयुक्त वातावरणमा नबस्ने, हानिकारक रसायनहरुको उत्सर्जनयुक्त क्षेत्रबाट टाढा बस्ने आदि ।

साथै आफ्नो घरभित्रको वातावरणमा रेडन ग्यासको स्तर कति छ ? भनेर जाँच गर्नुपर्छ र यो हानिकारक ग्यासको मात्रा धेरै भएमा त्यसलाई कम गर्ने उपाय अबलम्बन गर्नुपर्छ ।

आफ्नो परिवारमा कसैलाई फोक्सोको क्यान्सर छ भने सावधानी अपनाउने र नियमित रुपमा चेकजाँच गर्ने र स्वस्थ रहने कोसिस गर्ने गर्नुपर्छ । वजन नियन्त्रण गर्ने, स्वस्थ र सन्तुलित भोजन गर्ने, योगा र व्यायाम गर्ने तथा स्वस्थ जीवनशैली अपनाउँदा पनि क्यान्सर जस्ता रोगको जोखिम कम हुन्छ ।

विज्ञ भन्छन्- एउटा स्वस्थ जीवनशैलीले तपाईंलाई कुनैपनि प्रकारको क्यान्सर हुने खतरालाई कम गर्दछ । यसले तपाईंको शरीरमा यस्तो एन्टिअक्सिडेन्ट निर्माणमा सहयोग गर्दछ, जसले क्यान्सर कोशिकाहरुको वृद्धिमा रोक लगाउँछ ।

Post Views: 103

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

रिता खनाल केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित, सहमहामन्त्रीमा उम्मेदवारी दिने

रिता खनाल केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित, सहमहामन्त्रीमा उम्मेदवारी दिने

October 2, 2026
पूर्वमन्त्री मोहनबहादुर बस्नेत क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन

पूर्वमन्त्री मोहनबहादुर बस्नेत क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन

October 1, 2026
बैतडीका १८ वर्षीय बलबीर महरा बालकोटबाट बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

बैतडीका १८ वर्षीय बलबीर महरा बालकोटबाट बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

September 14, 2026
मंसिरमा १५ औँ महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव

मंसिरमा १५ औँ महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव

September 2, 2026
भोटेकोशी बाढीमा भत्किए ७५७० घर

भोटेकोशी बाढीमा भत्किए ७५७० घर

September 2, 2026
शेरबहादुर देउवा १२ः४५ मा अवतरण हुँदै

शेरबहादुर देउवा १२ः४५ मा अवतरण हुँदै

August 13, 2026
  • गृहपुष्ठ
  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वाता
  • प्रविधि
  • मनोरञ्जन
  • विचार
  • रोचक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
Call us: 9841689298

© 2025 Netra Khabar

No Result
View All Result
  • गृहपुष्ठ
  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वाता
  • प्रविधि
  • मनोरञ्जन
  • विचार
  • रोचक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद

© 2025 Netra Khabar