Friday, October 16, 2026
Netra Khabar
  • गृहपुष्ठ
  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वाता
  • प्रविधि
  • मनोरञ्जन
  • विचार
  • रोचक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
No Result
View All Result
  • गृहपुष्ठ
  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वाता
  • प्रविधि
  • मनोरञ्जन
  • विचार
  • रोचक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
No Result
View All Result
Netra Khabar
Home स्वास्थ्य

अल्कोहलसहित यी तीन चीजसँग झुक्किएर पनि नखानुहोस् लसुन

1 year ago
Reading Time: 1min read
0
अल्कोहलसहित यी तीन चीजसँग झुक्किएर पनि नखानुहोस् लसुन
Share on FacebookShare on Twitter

काठमाडौं । लसुन प्राय: हरेक नेपालीको भान्सामा अनिवार्यजस्तै रूपमा पाइन्छ । यो खानाको स्वाद बढाउनुका साथै स्वास्थ्यका दृष्टिले पनि अत्यन्तै लाभदायक मानिन्छ । लसुनमा प्रशस्त औषधीय गुणहरू पाइन्छन्, जसले शरीरलाई विभिन्न तरिकाले फाइदा पुर्‍याउँछ । तर लसुनको सेवन यदि सहि तरिकाले गरिएन भने यसका फाइदाभन्दा पनि उल्टै बेफाइदा हुन सक्छन् ।

विशेषत: केही निश्चित चीजहरूसँग लसुन सेवन गर्दा गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्छ । चिकित्सकहरूले यस्ता तीन चीजको उल्लेख गरेका छन्, जससँग लसुन खाँदा शरीरमा नकारात्मक असर पर्न सक्छ- विशेष गरी कलेजो र पाचन प्रणालीमा । आउनुहोस्, जानौं ती तीन कुरा के-के हुन् र किन विज्ञहरूले त्यससँग लसुन सेवन नगर्न सुझाव दिएका छन् ।

१. रगत पातलो बनाउने औषधिसँग
लसुनमा रगत पातलो बनाउने प्राकृतिक गुण हुन्छ । यस्तो अवस्थामा, यदि तपाईं रगत पातलो बनाउने औषधि सेवन गरिरहनु भएको छ भने लसुनको अत्यधिक सेवनले रक्तस्राव (रगत बग्ने) को खतरा बढाउन सक्छ । एक अध्ययन अनुसार लसुन र यस्ता औषधिको संयोजनले रगत बग्ने जोखिम अत्यधिक बढाउँछ । त्यसैले यदि तपाईं यस्ता औषधिहरू सेवन गरिरहनु भएको छ भने, लसुन सेवन गर्नुअघि चिकित्सकको सल्लाह लिनु आवश्यक छ ।

२. मदिरासँग (अल्कोहल)
चिकित्सकहरूका अनुसार मदिरा सेवन गर्नुअघि वा पछि लसुन खाँदा कलेजोमा नकारात्मक असर पर्न सक्छ । लसुन र रक्सीमा पाइने यौगिकहरूको संयोजनले कलेजोको कार्यक्षमता घटाउन सक्छ र पाचन प्रणालीमा समेत समस्या उत्पन्न गराउन सक्छ। विशेष गरी, पेट जलन, अपच, एसिड रिफ्लक्सजस्ता समस्या देखिन सक्छन् । त्यसैले लसुन र मदिराको एकैसाथ सेवन गर्नबाट जोगिनुपर्छ ।

३. ग्रिन टी (हरियो चिया) सँग
लसुन र हरियो चिया दुवै स्वास्थ्यका लागि उपयोगी मानिन्छन्, तर चिकित्सकहरू भन्छन्- यी दुईलाई एकै समयमा सेवन गर्नु हुँदैन । हरियो चियामा क्याफिन र अन्य सक्रिय यौगिकहरू हुन्छन्, जुन लसुनमा पाइने यौगिकहरूसँग प्रतिक्रिया गरेर पाचन प्रणालीमा असर पुर्‍याउन सक्छ । यस्तो अवस्थामा पेट जलन, ग्यास, अपच, पेट दुख्ने जस्ता समस्या निम्तिन सक्छन् । त्यसैले ग्रिन टी सेवन गर्नु अगाडि वा पछाडि तुरुन्त लसुन खानबाट जोगिनु उपयुक्त हुन्छ ।

लसुन स्वास्थ्यका लागि फाइदाजनक भए पनि केही अवस्थाहरूमा वा केही चीजहरूसँग यसको संयोजन स्वास्थ्यमा हानिकारक हुन सक्छ । त्यसैले लसुन सेवन गर्दा यी कुराहरूको विशेष ध्यान दिनु आवश्यक छ ।

Post Views: 114

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

रिता खनाल केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित, सहमहामन्त्रीमा उम्मेदवारी दिने

रिता खनाल केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित, सहमहामन्त्रीमा उम्मेदवारी दिने

October 2, 2026
पूर्वमन्त्री मोहनबहादुर बस्नेत क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन

पूर्वमन्त्री मोहनबहादुर बस्नेत क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन

October 1, 2026
बैतडीका १८ वर्षीय बलबीर महरा बालकोटबाट बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

बैतडीका १८ वर्षीय बलबीर महरा बालकोटबाट बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

September 14, 2026
मंसिरमा १५ औँ महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव

मंसिरमा १५ औँ महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव

September 2, 2026
भोटेकोशी बाढीमा भत्किए ७५७० घर

भोटेकोशी बाढीमा भत्किए ७५७० घर

September 2, 2026
शेरबहादुर देउवा १२ः४५ मा अवतरण हुँदै

शेरबहादुर देउवा १२ः४५ मा अवतरण हुँदै

August 13, 2026
  • गृहपुष्ठ
  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वाता
  • प्रविधि
  • मनोरञ्जन
  • विचार
  • रोचक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
Call us: 9841689298

© 2025 Netra Khabar

No Result
View All Result
  • गृहपुष्ठ
  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वाता
  • प्रविधि
  • मनोरञ्जन
  • विचार
  • रोचक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद

© 2025 Netra Khabar