Wednesday, October 14, 2026
Netra Khabar
  • गृहपुष्ठ
  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वाता
  • प्रविधि
  • मनोरञ्जन
  • विचार
  • रोचक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
No Result
View All Result
  • गृहपुष्ठ
  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वाता
  • प्रविधि
  • मनोरञ्जन
  • विचार
  • रोचक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
No Result
View All Result
Netra Khabar
Home अर्थ

सर्लाहीका २० स्थानीय तहलाई झन्डै २३ अर्बको अनुदान, कसलाई कति ?

1 year ago
Reading Time: 1min read
0
सर्लाहीका २० स्थानीय तहलाई झन्डै २३ अर्बको अनुदान, कसलाई कति ?
Share on FacebookShare on Twitter

सर्लाही । आर्थिक वर्ष २०८२/८३ का लागि सर्लाही जिल्लाका २० वटै स्थानीय तहले केन्द्र सरकारबाट झन्डै २३ अर्ब ४३ करोड रुपैयाँ बराबरको अनुदान प्राप्त गरेका छन् । संघीय सरकारले समानीकरण, सशर्त, विशेष र सम्पूरक अनुदान शीर्षकमा उक्त रकम विनियोजन गरेको हो । सर्लाहीका ११ नगरपालिका र ९ गाउँपालिकामध्ये सबैभन्दा बढी अनुदान ईश्वरपुर नगरपालिकाले पाएको छ ।

ईश्वरपुर नगरपालिकाले समग्रमा ७२ करोड २३ लाख रुपैयाँ बराबरको अनुदान प्राप्त गरेको छ । यसमा समानीकरण अनुदान अन्तर्गत २९.५४ करोड, सशर्त अनुदानमा ४२.८२ करोड, विशेष अनुदानमा २ करोड ७५ लाख र सम्पूरक अनुदानमा २२ लाख ९० हजार रुपैयाँ समावेश छन् ।

त्यस्तै, दोस्रो स्थानमा गोडैता नगरपालिकाले ५८ करोड ५० लाख, मलंगवाले ५० करोड ६६ लाख र हरिपुर नगरपालिकाले ४८ करोड ८० लाख रुपैयाँको अनुदान पाएका छन् । गाउँपालिकाको हकमा सबैभन्दा बढी चकघट्टा गाउँपालिकाले ३५ करोड ६२ लाख रुपैयाँ पाएको छ । साथै, रामनगर, पर्सा, विष्णु र चन्द्रनगर गाउँपालिकाले पनि ३० करोडभन्दा बढीको अनुदान प्राप्त गरेका छन् ।

सर्लाही जिल्लाका सबै स्थानीय तहले अनुदानका विभिन्न शीर्षक अन्तर्गत निम्नानुसार रकम प्राप्त गरेका छन् :
– समानीकरण अनुदान : ५८ करोड ८९ लाख
– सशर्त अनुदान : १३८ करोड ५२ लाख
– विशेष अनुदान : १२ करोड ३ लाख
– सम्पूरक अनुदान : ९ करोड ३८ लाख

यस अनुसार चालु आर्थिक वर्षमा सर्लाही जिल्लाका स्थानीय तहहरूले कुल २३ अर्ब ४३ करोड ८५ लाख रुपैयाँ बराबरको अनुदान प्राप्त गरेका हुन् । यो अनुदान स्थानीय तहले विकास निर्माण, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक सुरक्षाका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि उपयोगी हुने अपेक्षा गरिएको छ ।

Post Views: 147

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

रिता खनाल केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित, सहमहामन्त्रीमा उम्मेदवारी दिने

रिता खनाल केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित, सहमहामन्त्रीमा उम्मेदवारी दिने

October 2, 2026
पूर्वमन्त्री मोहनबहादुर बस्नेत क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन

पूर्वमन्त्री मोहनबहादुर बस्नेत क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन

October 1, 2026
बैतडीका १८ वर्षीय बलबीर महरा बालकोटबाट बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

बैतडीका १८ वर्षीय बलबीर महरा बालकोटबाट बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

September 14, 2026
मंसिरमा १५ औँ महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव

मंसिरमा १५ औँ महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव

September 2, 2026
भोटेकोशी बाढीमा भत्किए ७५७० घर

भोटेकोशी बाढीमा भत्किए ७५७० घर

September 2, 2026
शेरबहादुर देउवा १२ः४५ मा अवतरण हुँदै

शेरबहादुर देउवा १२ः४५ मा अवतरण हुँदै

August 13, 2026
  • गृहपुष्ठ
  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वाता
  • प्रविधि
  • मनोरञ्जन
  • विचार
  • रोचक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
Call us: 9841689298

© 2025 Netra Khabar

No Result
View All Result
  • गृहपुष्ठ
  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वाता
  • प्रविधि
  • मनोरञ्जन
  • विचार
  • रोचक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद

© 2025 Netra Khabar